राजनीति

उपसभामुख रानामगरको भिसामा समस्या



काठमाडौँ, १९ फागुन । संघीय संसद्की उपसभामुख इन्दिरा रानामगरको ‘भिसा’मा समस्या आएको छ ।

मार्च २ तारिख शनिबार लन्डन पुग्ने रानामगरको बेलायत भ्रमण ‘भिसा’ का कारण रद्द हुँदा पूर्वनिर्धारित कार्यक्रमहरू रद्द भएका छन् ।

अन्तिम समयमा उनको भ्रमण स्थगित भएपछि बेलायती पूर्व प्रधानमन्त्री टेरेजा मे, बेलायती उपसभामुखलगायतका नेताहरूसँगको भेटघाट स्थगित भएका हुन् । उनको उपस्थितिमा सातजना बेलायती सांसदसँग ननिङटनमा तय भएको च्यारिटी डिनरलागयात विभिन्न संघसंस्थासँगको अन्तरक्रिया पनि रद्द भएको बताइएको छ ।

एनआरएनए यूके (प्रेम गाहामगर) पक्षको निमन्त्रणामा उपसभामुख रानामगरले बेलायत आउन आवेदन दिएको कूटनीतिक भिजा (एक्जेम्ट भिजा) का लागि उनको योग्यता नपुगेको प्रष्टीकरण बेलायतले दिएको छ । विदेशी मुलुकका सबै अधिकारीहरूलाई ‘इमिग्रेसन कन्ट्रोल’ छुट नहुने तथा सो छुट पाउन उपसभामुख रानामगरको पनि योग्यता नपुग्ने बेलायतले प्रस्ट पारेको छ ।