Banner News

केपी ओली कपको फाइनल खेल आज



काठमाडौँ, १९ फागुन । नेकपा एमालेको भ्रातृ संस्था युवा संघ नेपालको आयोजनामा काठमाडौँमा जारी केपी ओली कप फुटबलको उपाधि भिडन्त आज हुँदै छ ।

आज साँझ ५ बजेदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुने फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र र न्यूरोड टिम एनआरटी आमने सामने हुने छन् ।  

प्रतियोगिताको उपाधि विजेताले ११ लाख तथा उप विजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी विधागततर्फ उत्कृष्ट खेलाडीहरूलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ । फाइनल अघि दिउँसो २ बजेदेखि दशरथ रंगशालामा साङ्गीतिक प्रस्तुति पनि हुने छ ।