समाचार

तीनवटा औषधि बिक्री वितरणमा रोक



काठमाडौँ, १९ फागुन । औषधि व्यवस्था विभागले तीनवटा औषधिको बिक्रीवितरणमा रोक लगाएको छ । 

राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर पाइएकाले लोमस फर्मास्युटिकल्स प्रालिद्वारा उत्पादित ‘मेट्रो सस्पेन्सन’ नामक मेट्रोनिडाजोल २०० एमजी र ‘हेल्माप्रेन’ नामक अबलेन्डाजोल ४०० एमजी ट्याब्लेट तथा फर्माको इन्टस्ट्रीज लिमिटेडद्वारा उत्पादित ‘मेट्रो पी’ नामक मेट्रोनिडाजोल २०० एमजीको औषधि बिक्रीवितरणमा रोक लगाएको हो ।

ती औषधि बजारमा रहे पनि तुरुन्तै फिर्ता लैजान कम्पनीलाई निर्देशन दिइएको विभागले जनाएको छ ।