राजनीति

जसपाको सोलुखुम्बु जिल्ला  समिति पुनर्गठन



सोलुखुम्बु, २० फागुन ।जनता समाजवादी पार्टी (जसपा) नेपालको सोलुखुम्बु जिल्ला समिति पुनर्गठन भएको छ । शनिबार सल्लेरीमा आयोजित भेलाबाट फुरी ग्याल्जेन शेर्पाको अध्यक्षतामा २१ सदस्यीय समिति पुनर्गठन भएको हो ।

 समितिको उपाध्यक्षमा भैराज मगर, सुरतबहादुर बस्नेत सचिव हेमन्त किराती उपसचिव योगेश बराईली, युद्ध मगर र कोषाध्यक्षमा प्रेम नेम्बाङ चयन भएका छन् । भेलाबाट १३ सदस्यीय जिल्ला कार्यकारिणी समिति चयन भएको छ ।

सोही भेलाबाट किमा शेर्पाको अध्यक्षतामा १३ सदस्यीय सोलुदुधकुण्ड नगर समिति र बसन्त पाख्रिनको संयोजकत्वमा माप्या दुधकोशी गाउँ समिति समेत पुनर्गठन गरिएको बताइएको छ । कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य एवम् सङ्गठन विभाग सचिव लाक्पा शेर्पा, कोसी प्रदेश समिति सदस्य भक्तबहादुर राई, शेर्पालुङ समितिका मुख्य सचिव महेश राना मगरलगायतका नेताहरु उपस्थित रहेका थिए ।