राजनीति

काठमाडौँ महानगरपालिकाले बागदरबारलाई सबलीकरण गर्ने



काठमाडौँ, २० फागुन । काठमाडौँ महानगरपालिकाले आफ्नो केन्द्रीय कार्यालय बागदरबारलाई सबलीकरण गर्ने प्रक्रिया अगाडि बढाएको छ । भवनलाई उर्जामैत्री बनाउने सम्भावना र डिजाइनका लागि विल्डिङ् इनर्जी एफिसियन्सी इन नेपाल (बीन) सँग सम्झौता भएको महानगरपालिकाले जनाएको छ ।

बागदरबारको सबलीकरण गर्दा उर्जामैत्री बनाउने डिजाइन तयार पार्ने, सहरमा निर्माण गरिने भवनहरुलाई उर्जामैत्री बनाउन सचेतना वृद्धि गर्ने, आन्तरिक क्षमता वृद्धि गर्ने सम्झौताबमोजिम हुने मुख्य काम हुन् ।

पुरातात्विक महत्व भएको बागदरबारको सवलीकरण गर्दा प्रयोग गरिने निर्माण सामाग्री, पर्खाल, जग र छानाको अवस्था, कोठाहरु तताउन वा हावालाई दोहोरो आउने जाने बनाउन, प्राकृतिक प्रकाशलाई सबैतिर पुग्ने बनाउन र यी अवस्था सिर्जना गर्दा प्रदूषण कम गराउने विधि अपनाउने विषयमा अध्ययन हुनेछ । यसका आधारमा डिजाइनसमेत तयार पारिने महानगरपालिकाले जनाएको छ ।