समाचार

६ महिनामा ८ हजार घरेलु हिंसाका उजुरी दर्ता



काठमाडौँ, २० फागुन । चालु आर्थिक वर्षको साउनदेखि पुससम्मका ६ महिनाको अवधिमा घरेलु हिंसा सम्बन्धी ८ हजार २ सय ०८ वटा मुद्दा दर्ता भएका छन् ।

नेपाल प्रहरीको तथ्यांक अनुसार मदिरा सेवन, तेस्रो व्यक्तिसँगको सम्बन्ध, आर्थिक अभाव, अरूको देखासिकी जस्ता कुराले मानिसमा बढ्दो अधैर्यपनका कारण परिवारभित्र घरेलु हिंसा बढेको छ । 

तीमध्ये ४ हजार ९७ उजुरी फर्छ्यौट भएका छन् भने ३ हजार २ सय ११ ओटा उजुरी थाती छन् । प्रहरीको तथ्यांक अनुसार ६ महिनाको अवधिमा घरेलु हिंसाबाट कूल ८ हजार २ सय १४ जना पीडित भएका छन् । पीडितमध्ये पनि ७ हजार ४ सय ०१ जना महिला र ८ सय १३ जना पुरुष रहेका छन् । पीडित हुनेमा निरक्षर ३ प्रतिशत, सामान्य साक्षर ७७ प्रतिशत, विद्यालस्तर १४ प्रतिशत र प्रमाणपत्र तह भन्दा माथि ६ प्रतिशत रहेका छन् । नेपाल प्रहरीमा दर्ता भएका उजुरी सम्बन्धी आर्थिक वर्ष २०७९/०८० सम्मको तथ्याङ्क हेर्दा कुल लैंगिक हिंसाको ८० प्रतिशत घरेलु हिंसा भएको देखिन्छ ।