राजनीति

देउवा र ओलीसँग प्रचण्डको छुट्टाछुट्टै भेटवार्ता



काठमाडौँ, २० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्डले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिहरूको छानबिन आयोगसम्बन्धी विधेयक (टीआरसी)बारे उनीहरुसग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।

उक्त भेटवार्तामा दुवै नेता टीआरसी सहमतिमै अघि बढाउन सकारात्मक रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।