समाचार

स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु



जनकपुर, २० फागुन । धनुषाको जनकपुरधामस्थित जनकपुरधाम उपमहानगरपालिका २३ विन्धीमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार एन्जल्स सेकेन्डरी बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य पाँच जना भन्दा बढी घाइते भएका छन् ।

उक्त घटनाबारे थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।