Banner News

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता



काठमाडौँ, २० फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटवार्तामा दूध किसानको बक्यौता र चितवनमा मृत्यु भएकी बालिका शालिन पोखरेलका विषयमा कुराकानी भएको बताइएको छ ।

दूध बेचेको सात अर्ब रुपैयाँ नपाएको भन्दै दुग्ध किसानहरु विरोधमा उत्रिएका थिए । आन्दोलनरत पक्षसँग सरकारले २१ चैतभित्र बक्यौता चुक्ता गर्ने सहमति शनिबार गरिसकेको छ । दुग्ध किसानका समस्या र पार्टीको कृषि विभागले तयार गरेको समाधानका उपायका बारेमा प्रधानमन्त्रीसँग पार्टी सभापतिले ध्यानाकर्षण गराएको हो ।