राजनीति

सत्तारुढ गठबन्धनको बैठक बस्दै



काठमाडौँ, २१ फागुन । सत्तारुढ गठबन्धनको बैठक सोमबार बिहान बस्दैछ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सोमबार बिहान ८ बजेका लागि सत्ता गठबन्धनको बैठक बोलाइएकाे हाे । बैठकमा मन्त्रिपरिषद् हेरफेर, टीआरसी विधेयक, राष्ट्रियसभा अध्यक्षको निर्वाचन लगायतका विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।

यसैबिच परराष्ट्रमन्त्री एनपी साउदको फिनल्याण्ड भ्रमण एकाएक रद्द भएको छ । ‘विशेष परिस्थिति’ भन्दै परराष्ट्र मन्त्रालयले भ्रमण स्थगित भएको जनाएको छ ।