मनोरञ्जन

हिटलर भएर फिल्म खेल्न मन छ : हरिवंश आचार्य



काठमाडौँ, २० फागुन । अभिनेता हरिवंश आचार्यले आफूलाई जर्मनीका तानाशाह हिटलरको भूमिकामा फिल्म खेल्न मन लागेको बताएका छन् ।

आफू अभिनित फिल्म ‘महाजात्रा’को आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले आफू एउटै छापमा बस्न नचाहेको बताए । प्रदीप भट्टराई निर्देशित सोसल-कमेडी ड्रामामा अभिनेता आचार्य भ्रष्ट नेताको भूमिकामा देखिएका छन् । अघिल्लो फिल्म ‘महापुरुष’बाट सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय चलचित्र पुरस्कार जितेका हरिवंशलाई पत्रकारले आगामी फिल्ममा उनको नकारात्मक चरित्र चित्रणबारे प्रश्न राखेका थिए ।

जवाफमा हरिवंशले भने, ‘म एउटै छापमा बस्न चाहन्नँ । तपाईंले महजोडीका सिरियल पनि हेर्न सक्नुहुन्छ । मलाई हिटलर भएर खेल्न मन छ । एउटै प्याटर्नमा हिंड्न खोजे मेरो डाउनफल हुन्छ ।’