राजनीति

सरकारमा जाने रास्वपाको निर्णय



काठमाडौँ, २१ फागुन ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा जाने निर्णय गरेको छ ।

आज बिहान केन्द्रीय कार्यालयमा बसेको रास्वपा सचिवालय बैठकबाट नयाँ समीकरणमा सरकारमा जाने निर्णय गरेको हो ।

रास्वपाले सरकारमा कति सिट लिने र क–कसलाई मन्त्री बनाउने भन्ने टुंगो लगाउने अधिकार सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई दिइएको छ ।

वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ समीकरणका साथ सरकार बनाउने गरी पछिल्लो समय राजनीतिक घटनाक्रम विकास भएको छ ।