राजनीति

पीडितलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानुन निर्माण हुनुपर्छः सभामुख घिमिरे



काठमाडौँ, २१ फागुन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पीडितलाई न्याय हुने गरी सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानुन निर्माण हुनुपर्ने बताएका छन् । 

आज शहीद यदुकुमार गौतमको २५ औँ स्मृति दिवसमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले करिब १७ वर्ष पूरा हुँदा पनि अहिलेसम्म अहिलेसम्म न्याय निरूपण गर्ने काम नहुनु दुःखद् भएको बताए ।  उनले अहिलेसम्म यो न्याय निरूपण गर्ने काम रहेको आज कानुन समितिबाट पास हुनेमा विश्वस्त रहेको बताए । 

सशस्त्र क्रान्तिको कार्यक्रम लिएर आएकाहरू आज सरकारमा हुँदा पनि कानुन निर्माण नहुनु र पीडितले न्याय नपाउनु दुःखद् भएको बताए ।