राजनीति

कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक



काठमाडौँ, २१ फागुन । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक मंगलबार बस्ने भएको छ । 

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मंगलबार अपराह्न ३ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने भएको छ । यसअघि आज बिहान बसेको पार्टीका पूर्व र वर्तमान पदाधिकारीहरूको बैठकमा सत्ता गठबन्धन फेरबदलबारे छलफल भएको थियो । पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन भत्काएको आरोप लगाएका थिए ।