Banner News

एमाले देशको निर्णायक शक्तिको रुपमा परिणत हुन्छः अध्यक्ष ओली



काठमाडौँ, २१ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, मिसन ८४ बाट नेकपा एमाले देशको निर्णायक शक्तिको रुपमा परिणत हुने दाबी गरेका छन् । 

आज काठमाडौँमा आयोजित नेपाल ट्रेड युनियन आन्दोलनको ७७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ०८४ को निर्वाचनमा बहुमत ल्याउने मात्र नभइ एमालेलाई निर्णायक शक्तिको रुपमा परिणत गर्ने मिसन भएको बताएका हुन् । 

उनले भने, ‘देशमा परिवर्तनको आवश्यक छ । परिवर्तन हुन्छ र जे सुकै परिवर्तन भएपनि हामी मिसन ८४ छोड्दैनौ राष्ट्रिय शक्तिलाई अथवा नेकपा एमालेलाई निर्णायक शक्तिको रुपमा परिणत गर्ने हाम्रो गर्ने हाम्रो उद्देश्य हो मिसन ८४ चुनावमा बहुत ल्याउने मात्र होइन् त्यो भन्दा माथिको कुरा छ ।’