Banner News

मन्त्रिपरिषद् पुनर्गठन, तीन मन्त्रिद्वारा सपथ ग्रहण




काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ गठबन्धन बनाउँदै मन्त्रिपरिषद् १३औं पटक पुनर्गठन गरेका छन् । 

उनले आज नेपाली कांग्रेसका मन्त्रीहरुलाई हटाउँदै नयाँ सत्ता ‘पार्टनर’ भित्र्याउँदै मन्त्रिपरिषद्मा फेरबदल गरेका छन् ।  नयाँ गठबन्धनमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपाल भित्रिएका छन् ।

पुनर्गठित मन्त्रिपरिषद्मा एमालेबाट पदम गिरी, माओवादीका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डोलप्रसाद अर्याल (डीपी) सहभागी भएका छन् । उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार नै शीतलनिवासमा आयोजित समारोहमा सपथ गराएका छन् ।