Banner News

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज



काठमाडौँ, २२ फागुन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

बैठक पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सभापति देउवाले मंगलबार प्रधानमन्त्री प्रचण्डबाट धोका भएको प्रारम्भिक प्रतिक्रिया दिएका थिए ।