राजनीति

प्रधानमन्त्री र महन्थ ठाकुरबीच भेटवार्ता



काठमाडौँ, २२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच आज भेटवार्ता भएको छ । 

प्रधानमन्त्री प्रचण्डले आज लोसपाका अध्यक्ष ठाकुरसँग आज गरेको छलफलमा सरकारमा सहभागी हुन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अध्यक्ष प्रचण्डले सुरुदेखि लोसपा गठबन्धनको साथमा रहेको यसलाई नियमित गर्न आग्रह गरेको बताइएको छ । 

त्यसको जवाफमा अध्यक्ष ठाकुरले यस विषयमा पार्टीमा छलफल गरेर जानकारी गराउने बताएका थिए । तर, नयाँ गठबन्धन बनाउँदा आफूहरूसँग कुनै सल्लाह नलिएको गुनासो ठाकुरले छलफलका क्रममा गरेका थिए ।