Banner News

माधव नेपालले बोलाए केन्द्रीय सचिवालय बैठक



काठमाडौँ, २२ फागुन । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

एकीकृत समाजवादीलाई सरकारमा आउन प्रधानमन्त्री प्रचण्डले आग्रह गरिसकेका छन् । प्रचण्डले आग्रह गरेपछि सोही बिषयमा छलफल गर्न अध्यक्ष  अध्यक्ष माधवकुमार नेपालले बुधवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेगरी बैठक बोलाएको हो ।

पार्टीका केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठका अनुसार बुधवार ११ बजे सचिवालय बैठक बोलाइएको छ ।