राजनीति

कर्णाली प्रदेशका कांग्रेसका मन्त्रीहरूद्वारा राजीनामा



सुर्खेत, २२ फागुन । कर्णाली सरकारमा सहभागी नेपाली काङ्ग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन् । 

उनीहरुले आज पत्रकार सम्मेलन गर्दै राजीनामा गरेको जानकारी दिएका हुन् । कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री थिए ।

उनीहरू गत वैशाखमा मात्रै मन्त्री बनेका थिए । केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीमा पनि मन्त्रीहरूले राजीनामा दिएका हुन् । मार्ग प्रशस्त गर्नुपर्छ भनेर राजीनामा दिएको उनीहरूको भनाइ छ ।