Banner News

रास्वपाद्वारा गृह‚ भौतिक‚ पर्यटन र सहरी विकास मन्त्रालय माग



काठमाडौँ, २२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा उपप्रधान र गृहसहित अरू तीन मन्त्रालय माग गरेको छ ।

स्रोतकका अनुसार चार मन्त्रालय पाउनुपर्ने रास्वपाको अडान छ । उक्त पार्टीले रवि लामिछानेलाई सरकारमा पठाउन गृह मन्त्रालयलाई ‘बटमलाइन’ बनाइएको छ ।

यस्तै, भौतिक पूर्वाधार तथा यातायात‚ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सहरी विकास मन्त्रालय पनि पार्टीले माग गरेर छलफल गरिरहेको बताइएको छ । रास्वपाका तर्फबाट उपाध्यक्ष स्वर्णिम वाग्ले गठबन्धनभित्र भागबन्डा टुंगो लगाउन छलफलमा छन् ।