Banner News

प्रधानमन्त्री प्रचण्डले चरम अवसरवादी चरित्र देखाएको कांग्रेसको निष्कर्ष



काठमाडौँ, २२ फागुन । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चरम अवसरवादी चरित्र प्रस्तुत गरेको निष्कर्ष निकालेको छ ।

आज पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

बैठकपछि उपसभापति धनराज गुरुङले भने, “मन्त्रीहरूले असहयोग गरेको बहाना मात्र हो, उहाँ चरम असरवादी हो । सरकार नछोड्नकै लागि उहाँले कांग्रेसको काँधबाट एमालेको काँध चढ्नुभयो । हामीले गल्ती गरेका छैनौँ‚” उनले भने ।