समाचार

सुसाइड नोट शालिनले नै लेखेको पुष्टि



काठमाडौँ, २२ फागुन । १३ वर्षीया नाबालिका शालिन पोखरेलको शवसँगै फेला परेको सुसाइड नोट उनैले लेखेको पुष्टि भएको छ ।

सुसाइड नोटको अक्षर उनको उत्तरपुस्तिकाको अक्षर परीक्षण गर्दा मेल खाएको हो । अक्षर म्याचिङका लागि प्रहरीले सुसाइड नोट र उत्तरपुस्तिका काठमाडौँ विधिविज्ञान प्रयोगशाला पठाएको थियो ।

प्रयोगशालाको परीक्षणबाट नोट शालिनले नै लेखेको पुष्टि भएको हो । यसअघि पोस्टमार्टम रिपोर्टमा पनि शालिनको मृत्यु झुन्डिर नै भएको आएको थियो ।

१२ फागुनमा उनी स्कुलकै होस्टलभित्र झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।