Banner News

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै



काठमाडौँ, २३ फागुन । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दै छ ।

बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने पार्टी महासचिव घनश्याम भुसालले जानकारी दिए । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओलीलगायतका नेताले अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए ।

पार्टीका महासचिव भुसालले प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीले नयाँ गठबन्धनको आवश्यकता र औचित्यबारे अवगत गराएको र त्यसमा सहभागी हुन आग्रह गरेको बताउँदै यस विषयमा आफूहरूले पार्टीको बैठकबाट निर्णय लिने जानकारी दिए ।