समाचार

त्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु



काठमाडौँ, २३ फागुन । धादिङ गजुरीको गलौदीस्थित सडकमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

गजुरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरका अनुसार कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको हो ।

हालसम्म बसमा ४० जना यात्रु फेला परेको र धेरैको सकुशल उद्धार गरिएको डीएसपी कुँवरले बताए । उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको उनले बताए । दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धारका गरिरहेको छ ।