राजनीति

प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता



काठमाडौँ, २३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालबिच भेटवार्ता भइरहेको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबिच छलफल भइरहेको बताइएको छ । सरकार र नयाँ गठबन्धनमा सहभागिताबारे निर्णय लिन एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै छ । बैठकअघि सम्मानित नेता खनालले प्रधानमन्त्रीलाई भेट्नुलाई अर्थपूर्ण मानिएको छ । यसअघि मंगलबार प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी ओलीलगायतका नेताले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए ।