Banner News

त्रिशुलीमा गाडी दुर्घटनाः प्रधानमन्त्री प्रचण्डद्वारा दुःख व्यक्त



काठमाडौँ, २३ फागुन । कपिलबस्तुबाट काठमाडौँ आउँदै गरेको यात्रुबहाक बस गजुरी स्थित त्रिशुली नादीमा दुर्घटना भएको छ ।

आज विहान भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ३८ जना सकुशल उद्धार गरिएको छ । सोही घटनालाई प्रधानमन्त्री पुष्पमकल दाहाल प्रचण्डले दुःख व्यक्त गर्नुभएको छ । उहाँले उद्धार र उपचारको कामलाई व्यवस्थित र प्रभावकारी ढंगले गर्न सम्बनधीत निकायलाई निर्देशन समेत दिनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस गजुरीस्थित त्रिशुली नदीमा खस्दा ६ जना यात्रुको मृत्यु भएको खबरले दुखी तुल्याएको छ । मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु, परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । उद्दार र उपचारको काम व्यवस्थित र प्रभावकारी तुल्याउन प्रशासन संयन्त्रलाई निर्देशित गर्दछु ।’