राजनीति

कांग्रेसले बोलायो संसदीय दलको बैठक



काठमाडौँ, २३ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेस सांसद रामहरि खतिवडाका अनुसार बिहीबार बिहान ९ बजेका लागि बैठक बोलाइएको छ । बैठक नयाँ वानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ । 
 
सदनको अघिल्लो बैठकसम्म कांग्रेस सत्तासाझेदार दल थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहितको नयाँ गठबन्धन बनाएपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन बैठकबाट गरेको छ । 

उक्त निर्णयपछि सदनमा सशक्त प्रतिपक्षको भूमिका कसरी निर्वाह गर्ने, बैठकमा कसरी प्रस्तुत हुनेलगायत विषयमा रणनीति तय हुने खतिवडाले जानकारी दिए ।