समाचार

सातजना जुवाडे पक्राउ



कास्की, २३ फागुन । पोखरामा प्रहरीले सातजना जुवाडेलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका–८, पृथ्वी चोकस्थित होटेल प्यालेसमा जुवातास खेलिरहेको अवस्थामा छोरेपाटन बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका–८ घर भएका ५२ वर्षीय नारायण राना समेत सातजनालाई मंगलबार बेलुकी पक्राउ गरेको हो ।  

प्रहरीले उनीहरूलाई नगद ९८ हजार ६२५ रूपैयाँ र चार बुक ताससहित पक्राउ गरेको जनाइएको छ ।