Banner News

गृहसहित चार मन्त्रालय रास्वपालाई दिने सहमति



काठमाडौँ, २३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालयसहित चार मन्त्रालय लिने भएको छ ।

बालुवाटारमा आज दिउँसो बसेको सत्ता गठबन्धन बैठकमा रास्वपाले चार मन्त्रालय पाउने सहमति जुटेको हो । रास्वपा स्रोतका अनुसार गृह, श्रम, शिक्षा र युवा तथा खेलकुद मन्त्रालय लिने सहमति भएको हो।