समाचार

आजको राशिफल



काठमाडौँ, २४ फागुन । आज २४ फागुन बिहीबारको राशिफल ।

मेष: व्यवसायमा रहेका कठिनाई समाधान हुनेछ । पुरानो काममा थप ऊर्जा बढ्नेछ । वैदेशिक अवस्था मध्यम रहला ।

वृष: लौकिक सुखभोग प्राप्त हुनेछ । मान्यजनसँग केही मनमुटाव रहला । कठिन कार्य पनि सुल्झने देखिन्छ ।

मिथुन: सरकारी कामको लागि अवसर मिल्नेछ । मनमा रहेका जिज्ञासा मेटिनेछ । यात्रा फलदायी बन्नेछ ।

कर्कट: सहकर्मीबीच केही असमझदारी बन्नेछ । खेलकुदमा उच्च सम्मान प्राप्त होला । राजनैतिक क्षेत्रमा मन जानेछ ।

सिंह: प्रेम सम्बन्धमा खटपट आउनेछ । सांगीतिक क्षेत्रमा सफल बनिएला । छात्र छात्रामा दिन मध्यम रहला ।

कन्या: शारीरिक समस्या हटेर जानेछ । पारिवारिक जिम्मेवारी थपिनेछ । मनमा चन्चलता बढ्नेछ ।

तुला: आर्थिक कारोबार बढेर जाला । आफ्नो भनाइ सर्वमान्य होला । अकल्पनीय रुपमा शुभ खबर आउला ।

वृश्चिक: नयाँ जिम्मेवारी बहन गर्नुपर्नेछ । कृषि पेसामा अगाडि बढिएला । आफन्त जन टाढिएर जानेछन ।

धनु: आयआर्जनको माध्यम खुल्नेछन । पुरानो पैतृक सम्पत्ति प्राप्त होला । नोकरीमा पदोन्नतिको योग रहला ।

मकर: स्त्री सङ्गति कम गर्नुपर्ला । प्राकृतिक क्षेत्रको भ्रमणको योग छ । आफ्नो परिश्रमको उचित मूल्याङकन होला ।

कुम्भ: केही अपरिचित व्यक्तिद्वारा पीडित बनिनेछ । शारीरिक समस्या उत्पन्न होला । सन्तान प्राप्तिको योग छ ।

मीन: घरमा शुभ धार्मिक कार्य सम्पन्न हुनेछ । मान्यजनका बीच समय बित्नेछ । शैक्षिक लगानी बढाउनु पर्ला ।