समाचार

यी क्षेत्रमा विद्युत् सेवा अवरूद्ध हुने



काठमाडौँ, २४ फागुन । आज काठमाडौँको विभिन्न स्थानमा चार घन्टा विद्युत् सेवा अवरूद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडर अन्तर्गत पर्ने लाजिम्पाट, पानीपोखरी, बालुवाटार क्षेत्रमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बत्ती नआउने भएको हो ।

उक्त क्षेत्रमा केबल रेजिङ, भूमीगत प्रसारण लाइन निर्माण लगायतका कार्य गर्नका लागि फिडर सट डाउनमा राख्नुपर्ने भएको प्राधिकरणले जनाएको छ । उक्त काम समय अगावै सम्पन्न भएको खण्डमा निर्धारित समयभन्दा अगाडि नै विद्युत् सेवा सुरू गरिने प्राधिकरणले जानकारी दिएको छ ।