राजनीति

काँध फेर्ने छुट यो सरकारलाई छैन : सांसद बर्तौला



काठमाडौँ, २४ फागुन । नेकपा एमालेका सांसद महेशकुमार बर्तौलाले सरकारलाई अब काँध फेर्ने छुट नभएको बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदमा दलहरूको आसन परिवर्तन भएको, भूमिका फेरिएको भए पनि देशप्रतिको जबाफदेहिता नफेरिएको प्रस्ट पारे ।

उनले भने, ‘जनताप्रतिको कर्तव्यमा बदलाव आएको छैन । देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गर्नुपर्छ,’ ‘हिँड्दा हिँड्दै काँध गले पनि काँध फेर्ने छुट यो सरकारलाई छैन ।’