राजनीति

अध्यक्ष यादवको नेतृत्वमा जसपा सरकारमा जाने



काठमाडौँ, २४ फागुन । जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने भएको छ ।

केन्द्रीय कार्यकारिणी समितिको बिहीबार बिहान बसेको बैठकले मन्त्रीहरूको टुंगो लगाएको हो । बैठकले अध्यक्ष यादव र सप्तरी-१ बाट निर्वाचित सांसद नवलकिशोर साहको नाम टुंगो लगाएको छ ।

अध्यक्ष यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा साह वनमन्त्री बन्ने पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । जसपाले स्वास्थ्य राज्यमन्त्री पनि पाउने टुंगो लागेको छ । त्यसमा दीपक कार्कीको नाम चर्चामा रहेको उनले बताए।त्यसमा महिला पठाउने कि भनेर पनि छलफल भइरहेको छ,’ उनले भने । केहीबेरमा मन्त्रीहरूको नाम पठाइने र आजै शपथको सम्भावना रहेको पनि उनले बताए ।