राजनीति

 यो गठबन्धनलाई हामीले नोटिसमा राखेका छौँ : राजेन्द्र लिङदेन



काठमाडौँ, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले अहिलेको सत्ता गठबन्धनले भनेको कुरालाई आफ्नो दलले नोटिसमा लिएको बताएका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले गठबन्धन दलले राप्रपाको दुष्प्रचार गरेकोले भोलि राप्रपाको सहयोग खोज्ने दिन नआओस् भन्दै चेतावनी दिएका हुन । 

उनले भने,‘राष्ट्रिय प्रजातन्त्र पार्टीले त्यो कुरालाई नोटिसमा राखेको छ, हाम्रो पार्टी यो सत्ता केन्द्रित चलखेलमा संलग्न छैन र हुँदैन भनेर हामीले स्पष्टसँग भनिसकेपछि पनि जुन विषय आयो कि राप्रपाले सहभागी हुन खोजेरपनि नपाएको भन्ने कुरा । यो कुरामा भ्रम नरहोस्, यो कुरालाई नोटिसमा राखेका छौँ । तपाईँको यो गठबन्धनले पर्सी नै राप्रपालाई खोज्ने दिन नआओस् ।’