अर्थ

अर्थमन्त्रीद्वारा निजी क्षेत्रको मनोबल गिर्न नदिने प्रतिबद्धता



काठमाडौँ, २५ फागुन । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन (अनन्त) ले निजी क्षेत्रको मनोबल गिर्न नदिने प्रतिबद्धता जनाएका छन् ।

बधाई तथा कार्यकाल सफलताको कामना गर्न आएको नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग बिहीबार सिंहदरबारमा कुरा गर्दै मन्त्री पुनले उच्च मनोबलका साथ ढुक्क भएर लगानी गर्न व्यवसायीहरूलाई आग्रह गरे । 

अर्थतन्त्रका विद्यमान समस्या समाधानका लागि निजी क्षेत्र, सरकार र आम जनताबिच सहकार्य जरुरी रहेकामा जोड दिँदै उनले नीतिगत र व्यवहारिक सहजीकरणका लागि सरकार तत्पर रहेको प्रतिबद्धता समेत जनाए । 

धितोपत्र बजार, घरजग्गा कारोबार तथा सहकारीमा आएका समस्याका कारण निजी क्षेत्रका लगानीकर्ताको मनोबल गिरेको  उल्लेख गर्दै पुनले समस्या समाधानका लागि सरकारका तर्फबाट कुनै कसर बाँकी नराखिने विश्वास दिलाए