Banner News

टुँडिखेलमा भव्यरुपमा मनाइयो सेना दिवस



काठमाडौँ, २५ फागुन । नेपाली सेनाले आफ्नो स्थापनाको २६१ औँ वार्षिकोत्सवका अवसरमा मुलुकभर सेना दिवस मनाएको छ । 

आज शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा पनि  भव्य रुपमा सेना दिवस मनाएको हो ।

नेपाली सेनाका  परमाधिपतिपति समेत रहेका राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सेनाले परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरेको थियो । कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्कपकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।