राजनीति

आयोगको निर्णयविरुद्ध रेशम चौधरी अदालत जाने



काठमाडौँ, २५ फागुन । नागरिक उन्मुक्ति पार्टी निर्वाचन आयोगको निर्णय विरुद्ध अदालत जाने भएको छ ।

निर्वाचन आयोगको निर्णय प्रतिशोधपूर्ण र आफूहरूलाई अन्याय नै गर्ने गरी आएकोले अदालत जानुको विकल्प नरहेको नाउपाले बताएको हो ।

निर्वाचन आयोगले बिहीबार मात्रै नाउपाको अध्यक्षमा रेशम चौधरीलाई मान्यता दिन अस्वीकार गरेको छ ।