राजनीति

स्थिरताका लागि एमाले–माओवादी गठबन्धन : एमाले उपाध्यक्ष बादल



काठमाडौँ, २५ फागुन । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले राजनीतिक स्थिरताका लागि एमाले–माओवादी लगायत दलको गठबन्धन बनेको बताएका छन् ।

आज प्रेस चौतारी नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना आज गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष थापाले हालको गठबन्धनबाट राजनीतिक स्थायित्व कायम हुने बताए ।

देशलाई आर्थिक संकटबाट मुक्त गराउने, सामाजिक अराजकता हटाउने र देशलाई समृद्धितर्फ उन्मुख गराउने नेकपा एमालेको योजना अब पुरा हुने उपाध्यक्ष थापाको दाबी छ ।

यसअघिको कांग्रेस–माओवादी गठबन्धन सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले देशमा थप आर्थिक संकट निम्त्याएकाले प्रधानमन्त्री प्रचण्डले गठबन्धन भत्काएर एमालेसँग सत्ता साझेदारी गरेको थापाको भनाइ छ ।