राजनीति

राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथ मन्दिरको दर्शन



काठमाडौँ, २५ फागुन । महाशिवरात्रि पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । 

आज आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनका लागि राष्ट्रपति पौडेलले पशुपतिनाथ मन्दिर पुगेका हुन् । उनले पशुपतिनाथ मन्दिरमा पूजा–अर्चना गरेका छन् । महाशिवरात्रि पर्वमा राष्ट्र प्रमुखले पशुपतिनाथ मन्दिरमा पूजा गर्ने प्रचलन रहेको छ । 

आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना गरी मनाइँदै छ ।