राजनीति

नयाँ गठबन्धनलाई २०८४ सालसम्मै लैजान्छौं : अध्यक्ष ओली



काठमाडौँ, २६ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा राजनीतिक स्थायित्व दिन नयाँ गठबन्धनलाई २०८४ सालसम्म लैजाने बताएका छन् । 

सचिवालय बैठकमा ओलीले कांग्रेससहितका गठबन्धन केही समय अघिदेखि नै टुटाउने प्रयास सफल भएको उल्लेख गर्दै नयाँ गठबन्धनलाई आगामी चार वर्ष टिकाउने तयारीका साथ सरकारमा सहभागी भएको उल्लेख गरे ।

‘गठबन्धन सरकारलाई चार वर्ष टिकाउने तयारीका साथ सरकारमा सहभागी भएको छ । हामी सरकारमा मन्त्रालय लिन उदार भएर सहभागी भएका छौं,’ ओलीको भनाइ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘हामीले गठबन्धन भत्काउन प्रयास गरिरहेका बेला कांग्रेससित प्रधानमन्त्री प्रचण्डको दूरी बढ्यो । त्यसपछि हामी नयाँ गठबन्धन बनाउन सफल भयौ । हामी मुलुकलाई स्थायित्व दिने अघि बढनुपर्छ ।’