समाचार

माछाका भुरा उत्पादनमा समस्या



काठमाडौँ, २६ फागुन । । कैलालीको गेटामा रहेको  मत्स्य विकास केन्द्रमा माछाका भुरा उत्पादनमा समस्या भएको छ ।

मत्स्य विकास केन्द्र गेटाका निमित्त प्रमुख निर्मलबहादुर खातीका अनुसार जीर्ण संरचनाका कारण माछाका भुरा उत्पादनमा समस्या भएको हो ।

वषौँअघि निर्माण गरिएका ह्याचरी पोखरी जीर्ण हुनुका साथै तथा भुरा राख्न नयाँ पोखरी निर्माण नहुँदा माछाका भुरा उत्पादन गर्न समस्या भएको हो । बीस बिघा जमिनमा फैलिएको मत्स्य विकास केन्द्रमा ४२ पोखरीमा माछाका भुरा उत्पादन हुँदै आएको थियो । यहाँ प्रारम्भमा सात प्रकारका माछाका भुरा राख्ने पोखरी निर्माण गरिएका थिए । 

माछा उत्पादनका लागि १७ नर्सरीको व्यवस्था गरिएको छ । भुरा उत्पादन गरी सुपथ मूल्यमा बिक्री गरिँदै आएको छ ।