राजनीति

उपमेयर डंगोलद्वारा उपभोक्ताको सुरक्षामा ध्यान दिन औषधि बिक्रेताहरूलाई आग्रह



काठमाडौँ, २६ फागुन । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आम उपभोक्ताको सुरक्षामा ध्यान दिन औषधि बिक्रेताहरूलाई आग्रह गरेकी छन् ।

आज नेपाल औषधि व्यवसायी संघ, काठमाडौँ जिल्ला शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै उपमेयर डंगोलले स्वास्थ्यजस्तो गम्भीर असर पुग्ने कुरालाई मनन गरेर अघि बढ्न सबै औषधि विक्रेताहरूको ध्यानाकर्षण गराइन् । 

काठमाडौँको धेरैजसो फार्मेसी तथा पोलिक्लिनिकहरूमा म्याद गुज्रिएको औषधि तथा प्रयोगहीन भइसकेका भ्याक्सिनहरू बिक्री गर्ने गरेको पाइएको उल्लेख गर्दै आम उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने काम नगर्न उनले सचेत गराइन् । 

बिक्रेताहरूले आम उपभोक्ताको विश्वास जित्ने गरी बिक्री वितरणको काम गर्नुपर्ने उनको भनाइ थियो । नेपाल औषधि व्यवसायी संघ, काठमाडौँ जिल्ला शाखाले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उपमेयर डंगोलले स्वास्थ्यजस्तो गम्भीर असर पुग्ने कुरालाई मनन गरेर अघि बढ्न सबै औषधि विक्रेताहरूको ध्यानाकर्षण गराइन् ।