राजनीति

व्यवस्था परिवर्तनपछि मान्छेको अवस्था पनि परिवर्तन भएको छ : अध्यक्ष ओली



काठमाडौँ, २६ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन भएन भनेर चलेको हल्ला उचित नभएको बताएका छन् ।

आज काठमाडौँमा मोतीदेवी स्मृति केन्द्रले गरेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले राजनीतिक व्यवस्था परिवर्तनसँगै मान्छेको अवस्था पनि परिवर्तन भएको बताए ।

उनले भने, ‘व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भन्ने गरिएको छ, त्यस्तो हो र ? आज सम्पूर्ण जनप्रतिनिधिमा ४० प्रतिशत महिलाहरू जनप्रतिनिधि छन् । यसमा अनेमसंघको अग्रणी भूमिका छ । ३३ प्रतिशत संसदमा, सरकारमा व्यापक कार्यान्वयन गरिएको छ ।’