राजनीति

कांग्रेसले संसद्को सार्वजनिक लेखा समिति सभापतिमा दाबी गर्ने



काठमाडौँ, २६ फागुन । नेपाली कांग्रेसले संसद्को सार्वजनिक लेखा समिति सभापतिमा दाबी गर्ने भएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार सो समितिको नेतृत्वमा कांग्रेसले दाबी गर्ने भएको हो । 

संघीय संसद्का १६ वटा विषयगत समितिमध्ये सबैभन्दा महत्त्वपूर्ण मानिने गरिएको सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षी दललाई दिने प्रचलन रही आएको छ ।