अर्थ

अर्थतन्त्रको एजेन्डामा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छ : अध्यक्ष ढकाल



काठमाडौँ, २६ फागुन । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको एजेन्डामा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् । 

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले इकोनोमिक एजेन्डामा राजनीतिक दलहरू एक नआइकन देशको अर्थतन्त्र अघि बढ्न नसक्ने बताए । ढकालले देश रहे, देश समृद्ध राष्ट्र भए नै राजनीतिक गर्ने ठाउँ हुने बताए ।

उनले भने, ‘हामी आग्रह गर्दछौँ, कमसे कम इकोनोमिक एजेन्डामा राजनीतिक दलहरू एक ठाउँमा आउनुपर्छ । इकोनोमिक एजेन्डामा यहाँहरू एक ठाउँमा आउनुभयो भने मलाई लाग्छ राम्रो हुन्छ । देश रह्यो भने, व्यावसायिक एक्टिभिटी बढ्यो भने रोजगारी सिर्जना भयो भने र रेभिन्यु कलेक्शन भयो भने साँच्चै समृद्ध राष्ट्र भयौँ भने त्यसपछि हामी राजनीति आफ्नो पार्टीबाट गर्दै गरौँला ।’