Banner News

एमाले सिध्याउने गठबन्धन टुट्यो : ईश्वर पोखरेल



काठमाडौँ, २६ फागुन । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता समिकरणले पार्टी सिध्याउने अभियान टुटेको दाबी गरेका छन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले देशभित्र र बाहिरका केही शक्तिहरुले एमाले सिध्याउने प्रयोजनका लागि बनाएको कांग्रेस नेतृत्वको अपराधिक गठबन्धन टुटाएर नयाँ समीकरण बनाउन आफूहरु सफल भएकाले यसलाई सकारात्मक रुपमा लिएको पनि बताए  ।

आज पार्टीको काठमाडौँ महानगरपालिका वडा नम्बर ५ को १२ औं अधिवेशनमा बोल्दै उनले नयाँ सत्ता समीकरणलाई पनि मिशन–२०८४ पूरा गर्न सहयोगीको रुपमा प्रयोग गर्ने योजना समेत सार्वजनिक गरे । वरिष्ठ उपाध्यक्ष पोखरेलले २०८४ सालको निर्वाचनमा पार्टीलाई एक्लै बहुमतमा पुर्याउने लक्ष्यसहित अघि बढाएको मिसन २०८४ जारी रहने र त्यस अभियानलाई सहयोग गर्न सरकार र सत्तारुढ गठबन्धनलाई पनि उपयोगमा ल्याउने पार्टीको योजना रहेको बताए ।