समाचार

सुक्खा पहिरोका कारण सडक अवरुद्ध



काठमाडौँ, २७ फागुन । सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ ।

बागलुङ र गुल्मीको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर  ६ बरलवाको भिरमा पहिरो खसेको हो । पहिरोले बागलुङ–गुल्मी खण्डअन्तर्गत मालढुङ्गा–अर्वेनी सडक पूर्णरूपमा बन्द छ।

बाग्लुङको मालढुङ्गाबाट गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भैरहेको छ । काम चलिरहेकै बेला हिजो दिउँसो पहिरो खसेपछि सडक अवरुद्ध भएको र काम रोकिएको निर्माण कम्पनी कालिका कन्ट्रक्सनले जनाएको छ । पहिरो हटाउन केही दिन लाग्न सक्नेछ ।

सडक बन्द भएपछि करिडोर हुँदै चल्ने लामो तथा छोटो दुरीका गाडीलाई समस्या भएको छ ।