राजनीति

गठबन्धनले बनायो संयन्त्र (सूचीसहित)



काठमाडौँ, २७ फागुन । सत्तारुढ गठबन्धनले सरकारको आगामी नीति तथा कार्यक्रमका प्राथमिकता छनोटका लागि १० सदस्यीय कार्यदल गठन गरेको छ । 

आज सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको गठबन्धनका ५ दलबाट १० सदस्यीय संयन्त्र गठन गर्ने निर्णय गरेको हो । सबै दलबाट दुई/दुई जना सदस्य रहने गरी संयन्त्र बनाइएको हो । 

एमालेबाट विष्णु रिमाल र विष्णुप्रसाद पौडेल, माओवादी केन्द्रबाट अर्थमन्त्री एवं उपमहासचिव वर्षमान पुन, अर्का उपमहासचिव जनार्दन शर्मा रहेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महामन्त्री डा. मुकुल ढकाल रहेका छन् । 

यसै गरी यस्तै जसपाबाट राजेन्द्र श्रेष्ठ र मनिस सुमन तथा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल रहेका छन् ।