समाचार

आजको राशिफल



काठमाडौँ, २८ फागुन । आज फागुन २८ गतेको राशिफल । 

मेष: व्यापारमा गरेको लगानी उठाउन कठिन हुने छ । एकल निर्णय उपयुक्त नरहला । शारीरिक समस्या देखापर्ने छ ।

वृष: सन्तानका लागि समय छुट्याउनु पर्नेछ । साहसिक कार्यप्रति आकर्षित भइने छ । गरिरहेको काममा वितृष्णता छाउने छ ।

मिथुन: ठूला व्यक्तिको साथ प्राप्त होला । आर्थिक कारोबारमा संयमता अपनाउनु होला । पति-पत्नीको सम्बन्ध सुध्रने छ ।

कर्कट: शारीरिक आलस्यताले सताउने छ । अप्रिय घटना टर्नेछ । पशुपालनमा लगानी गर्दा उपयुक्त होला ।

सिंह: स्वअध्ययनमा बढी समय दिनुपर्ला । स्त्रीको कारण घरमा विवाद आउने छ । नोकरीको विषयले चिन्तित बनिने छ ।

कन्या: परिश्रमको उचित मूल्यांकन हुने छ । साझेदारीयुक्त काम मध्यम रहला । विद्यार्थी वर्गमा केही शुभ खबर आउने छ ।

तुला: जिम्मेवारी बढ्नाले मानसिक विचलन हुनेछ । सोझोपनको फाइदा अरुले लिनेछन् । पुत्र प्राप्तिको योग छ ।

वृश्चिक: भौतिक क्षति बेहोर्नुपर्ने छ । पारिवारिक द्वन्द्व बढ्ने देखिन्छ । शैक्षिक स्तरोन्नतिको योग छ ।

धनु: खोजमुलक काममा व्यस्त भइने छ । दाजुभाइ बीचको विवाद टुंगिने छ । ग्रहको नकारात्मक प्रभाव हट्ने छ ।

मकर: अकस्मात शुभ खबर प्राप्त हुनेछ । प्राविधिक शिक्षाप्रति आकर्षित भइने छ । घरमा मांगलिक कार्य सम्पन्न होला ।

कुम्भ: बोलीमा मिठासपना ल्याउनु पर्नेछ । प्राकृतिक विपत्तिको क्षति टर्नेछ । प्रेम सम्बन्धमा दरार आउने छ । एकल निर्णय नलिनु होला ।

मीन: परोपकारमा समय बित्ने छ । साथीभाइ बीच भेटघाट हुनेछ । सामान्य काममा रुमल्लिनु पर्ला ।